काठमाडौं,७,मंशिर
आज पहिलो चरणको निर्वाचन प्रचार प्रसारको अन्तिम दिन हो । आयोगका अनुसार राति १२ बजेबाट ४८ घन्टे मौन अवधि सुरु हुदैछ । मौन अवधिमा उम्मेदवार, नागरिक समाज, मतदाता निर्वाचन प्रचार प्रसारमा संलग्न हुन पाउँदैनन् । सञ्चारमाध्यमले निर्वाचन प्रसारप्रचारसँग जोडिएको समाचार प्रकाशन तथा प्रसारण गर्न पनि पाउँदैनन् । तर दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा प्रचारप्रसार जारी रहेकाले मतदातामा प्रभाव पर्ने गरी प्रकाशन तथा प्रसारण नगर्न आयोगले सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा गरेको छ । हिमाली र उच्च पहाडी ३२ जिल्लामा १० मंसिरमा निर्वाचन हुँदै छ । जसबाट प्रतिनिधिसभाका लागि ३७ र प्रदेश सभाका लागि ७४ सदस्य निर्वाचित हुनेछन् । पहिलो चरणको निर्वाचनमा ३१ लाख ९१ हजार ९४५ मतदाता छन् । ती मध्ये पुरुष १५ लाख ८६ हजार ५०२ र महिला १६ लाख ५ हजार ४२८ छन् । प्रदेश नम्बर १ मा ७ लाख १९ हजार १७३, ३ मा १० लाख १ हजार ४० मतदाता छन् । त्यस्तै ४ मा ५ लाख ६३ हजार २४, ५ मा १ लाख ५५ हजार ५५७, ६ मा ३ लाख ६८ हजार २०७ र ७ मा ३ लाख ८४ हजार ९४१ मतदाता छन् ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया