काठमाडौं,७,मंशिर

पूर्वाधार निर्माणमा प्रयोग हुने ‘हेभी इक्विपमेन्ट’ सञ्चालनको लाइसेन्स वितरणमा अनियमिता भएको पाइएको छ । "/>

‘हेभी इक्विपमेन्ट’को लाइसेन्स लिन एक लाख !

‘हेभी इक्विपमेन्ट’को लाइसेन्स लिन एक लाख !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,७,मंशिर

पूर्वाधार निर्माणमा प्रयोग हुने ‘हेभी इक्विपमेन्ट’ सञ्चालनको लाइसेन्स वितरणमा अनियमिता भएको पाइएको छ । कानुनी जटिलतालाई देखाएर सरकारी निकायले चोरबाटोबाट ठूला मेसिन सञ्चालनको लाइसेन्स दिने गरेको सम्बन्धित व्यवसायीले बताएका छन् । हेभी इक्विपमेन्ट चलाउन जान्ने प्राविधिक (ड्राइभर) को अभाव हुँदै गएपछि लाइसेन्समा अनियमतिा बढ्दै गएको हो। ‘अहिले ठूला मेसिन अपरेटरलाई नयाँ लाइसेन्स दिन हाम्रा मान्छेले ६० हजार देखि एक लाख रुपैयाँ सम्म अतिरिक्त रकम (घुस) दिनु परेको छ,’ हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवरले भने, ‘घुमाउरो पाराले जहिले पनि पाउने तर नियमसंगत हिसाबले नपाउने, एकदमै भयावह अवस्था भयो ।’ सवारी तथा यातायात नियमावलीमा ‘बी समूह’मा पर्ने हलुका सवारी साधन कार, जिप, डेलिभरी भ्यानको लाइसेन्स लिएको दुई वर्षपछि मात्र पावर टिलर, रोडरोलर, डोजर, क्रेन, दमकल, लोडर हेभी इक्विपमेन्टको लाइसेन्स लिन पाउने व्यवस्था छ ।
नागरिकबाट

Logo