रोल्पा,६,मंशिर
रोल्पाका निर्वाचन कर्मचारी कडा सुरक्षा व्यवस्था सहित मंगलबार मतदानस्थलतर्फ हिँडेका छन् । निर्वाचन भन्दा तीन दिन अघि मतदानस्थल पुगि सक्नु पर्ने प्रावधान छ । "/>

रोल्पामा कडा सुरक्षा साथ निर्वाचन कर्मचारी खटिए

रोल्पामा कडा सुरक्षा साथ निर्वाचन कर्मचारी खटिए

केन्द्रबिन्दु
0
Shares

रोल्पा,६,मंशिर
रोल्पाका निर्वाचन कर्मचारी कडा सुरक्षा व्यवस्था सहित मंगलबार मतदानस्थलतर्फ हिँडेका छन् । निर्वाचन भन्दा तीन दिन अघि मतदानस्थल पुगि सक्नु पर्ने प्रावधान छ । सुरक्षा संवेदनशीलता, भौगोलिक विकटता र यातायातका साधनको कमीका कारण केही दिन अघि नै कर्मचारीलाई मतदानस्थल तर्फ पठाइएको निर्वाचन कार्यालयले जनाएको छ । १५ देखि १८ कोष टाढाका सबैजसो मतदानस्थलमा निर्वाचन कर्मचारी मंगलबार बिहान हिँडिसकेका छन् । निर्वाचन अधिकारी लिलु गिरीका अनुसार थबाङ गाउँपालिका अन्तर्गत जनपक्षीय प्रावि, साविक गाविस भवन, हिमालय मावि टुटु, भानुभक्त मावि, तेलखोला उवाका लागि कर्मचारी र सुरक्षा टोली खटिएका हुन् ।

त्यस्तै सुनछहरी गाउँपालिकाका जैमाकसला, गाडबाङ, सेरम घुसबाङ, कामीडेरा, बाहिरी र भित्री गाम, जेलबाङ, सिउरी मतदानस्थलका लागि पनि कर्मचारी हिँडेका छन् । दुईखोली गाउँपालिकामा रहेका मतदानस्थल पाछाबाङ, मौलाबोट, थुनीबोट, खरीबोट कुरेली र सुकिदह गाउँपालिकाका मौलाबोट, लोटचौर, ओत, मेलडारी, जिनाबाङ, नाउली, सुखा ओढार, राँक जायचौर र देउलताकुरका लागि पनि कर्मचारी खटिएको निर्वाचन कार्यालयले जनाएको छ । त्रिवेणी गाउँपालिकाका लिङदुङ, सिमपानी, जुगार र माझबोटका लागि पनि निर्वाचन कर्मचारी मतपेटिका लगायत सामग्री बोकेर गाडीमा गएका छन् ।
अन्नपूर्णबाट

Logo