काठमाडौं,४,मंशिर
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्था (आइओएम) परीक्षा समितिले चिट चोरी प्रकरण बाहिरिएको एमबिबिएस प्रवेश परीक्षा रद्द गर्ने निर्णय गरेको छ। त्रिविको कात्तिक ३० को निर्देशन अनुसार नै संचालित परीक्षा रद्द गरेर छिट्टै नयाँ परिक्षा मिति निर्धारण गरिने आइओएमले जनाएको छ। आइओएमका डिन डा.जगदिशप्रसाद अग्रवालले परीक्षा रद्द भएको र केही दिन भित्रै नयाँ मिति तोकिने जानकारी दिए।
आइओएम अन्र्तगतका ७ मेडिकल कलेजका लागि तोकिएका सिटमा भर्ना लिन गत असोज २८ मा परीक्षा संचालन गरिएको थियो । सो क्रममा केही परीक्षा केन्द्रमा चिट चोर्न विशेष इलेक्टिभ डिभाइस सहित गिरोह नै समातिएको थियो। सो आधारमा त्रिवि, मेडिकल काउन्सिल लगायतका निकायबाट भएका छानविन प्रतिवेदनले परीक्षामा अनियमितता भएको देखाएको भन्दै त्रिविले रद्द गर्न आइओएमलाई निर्देशन दिएको थियो । त्रिवि कार्यकारी परिषद्ले त्रिवि नियमको २८ ग अनुसार निर्णय गर्न ३० कार्तिकमा पत्राचार गरेको थियो। सो नियममा विशेष कारण देखिएमा परीक्षा रद्द वा खारेज गर्न सकिने उल्लेख छ।
नागरिकबाट





























प्रतिक्रिया