काठमाडौं,३, मंशिर
भारतको टनकपुरबाट ३० मेगावाट बिजुलीको आयात रोकिएको छ । नेपाल विद्युत् प्राधिकरणले भारतको पावर ट्रेडिङ कर्पोरेसन (पिटिसी) इन्डियाबाट खरिद गर्दै आएको उक्त परिमाणको बिजुली शनिबार राति १२ बजेबाट आयात रोकिएको हो । "/>

टनकपुरबाट आउने ३० मेगावाट बिजुली रोकियो !

टनकपुरबाट आउने ३० मेगावाट बिजुली रोकियो !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,३, मंशिर
भारतको टनकपुरबाट ३० मेगावाट बिजुलीको आयात रोकिएको छ । नेपाल विद्युत् प्राधिकरणले भारतको पावर ट्रेडिङ कर्पोरेसन (पिटिसी) इन्डियाबाट खरिद गर्दै आएको उक्त परिमाणको बिजुली शनिबार राति १२ बजेबाट आयात रोकिएको हो । पिटिसीले भारतको सिमेन्ट उद्योगबाट खरिद गरी उक्त विद्युत् नेपाल पठाउने व्यवस्था मिलाएको थियो । भारतको सर्वोच्च अदालतले १७ नोभेम्बरमा इन्धनमा आधारित उद्योगलाई पेटकोक इन्धनबाट उद्योग सञ्चालनमा प्रतिबन्ध लगाउने फैसला सुनाएपछि उक्त बिजुलीको उत्पादन बन्द भएको जानकारी पिटिसीले नेपाल विद्युत् प्राधिकरणलाई गराइसकेको छ । यसबाट नेपालले पाउँदै गरेको बिजुली अन्योलमा परेको छ । महाकाली सन्धि अनुसार टनकपुरबाट नेपालले निःशुल्क पाउँदै आएको १४ देखि १६ मेगावाट बिजुलीको आयातमा भने कुनै असर परेको छैन ।

यस्तै ढल्केबर–मुजफ्फरपुरबाट नोडल एजेन्सी एनपिटिसी विद्युत् व्यापार निगमसँगको सम्झौताबाट नेपालले १ सय ४५ मेगावाट बिजुली आयात गर्दै आएको छ । भारतको सर्वोच्च अदालतले पेटकोक र फर्नेस आयलको प्रयोगलाई भारतभर प्रतिबन्ध लगाएकाले यो प्रसारण लाइन भएर नेपाल आउने विद्युत समेत प्रभावित हुन सक्ने संकेत देखिएको छ ।

नयाँपत्रिकाबाट

Logo