सिन्धुपाल्चोक, २, मंसिर
पहिलो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै सिन्धुपाल्चोकमा चुनावी रौनक बढ्दै गएको छ । "/>

सिन्धुपाल्चोकमा पूर्वसञ्चारमन्त्री र बहालवाला सञ्चारमन्त्रीको चुनावी भिडन्त

सिन्धुपाल्चोकमा पूर्वसञ्चारमन्त्री र बहालवाला सञ्चारमन्त्रीको चुनावी भिडन्त


सिन्धुपाल्चोक, २, मंसिर
पहिलो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै सिन्धुपाल्चोकमा चुनावी रौनक बढ्दै गएको छ । जिल्लाको दुई क्षेत्र मध्ये प्रतिनिधिसभा क्षेत्र नंं १ मा वाम गठबन्धनका तर्फबाट पूर्व सञ्चारमन्त्री अग्निप्रसाद सापकोटा र लोकतान्त्रिक गठबन्धनबाट सञ्चारमन्त्री मोहनबहादुर बस्नेत चुनावी प्रतिष्पर्धामा भएकाले पनि अहिले यो क्षेत्र विशेष चर्चामा छ । चुनाव आउन ८ दिन मात्र बाँकी हुँदा चोक चोक र चिया पसलमा मतदाता बीच मतको अंकगणीतिय लेखाजोखा समेत हुन थालेको देखिन्छ ।

निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु भने बौद्धिक बहस र विकासे एजेण्डामा भन्दा एक अर्का प्रति आक्रामक शैलीमा प्रचारमा व्यस्त छन् । अहिले दुवै उम्मेदवारले एक अर्कालाई भ्रष्टाचारीका चेला समेत भन्न भ्याएका छन् । एक अर्कालाई गाली गरेरै मतदातालाई आकर्षित गर्न उनीहरु भड्किलो प्रचार शैलीमा लागेका छन् । सापकोटा २०६४ को पहिलो संविधानसभा तथा दोस्रो २०७० मा सिन्धुपाल्चोक २ बाट निर्वाचित भएका थिए । बस्नेत ०५६ को आम निर्वाचन तथा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक १ बाट निर्वाचित भएका हुन् । अहिले निर्वाचन क्षेत्र गाभिएसँगै दुवै नेता पहिलो पटक आमने सामने भएका छन् ।
रासस

Logo