सिन्धुली,२, मंशिर
सिन्धुली जिल्लाको अतिविकट मानिएको हरिहरपुरगढी गाउँपालिकाका आदिवासी जनजातिलाई प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कसरी भोट हाल्ने भन्‍ने अन्यौलता छ। "/>

सिन्धुलीको हरिहरपुरगढीवासीहरु मतदाता शिक्षाबाट बञ्चित

सिन्धुलीको हरिहरपुरगढीवासीहरु मतदाता शिक्षाबाट बञ्चित

केन्द्रबिन्दु
0
Shares

सिन्धुली,२, मंशिर
सिन्धुली जिल्लाको अतिविकट मानिएको हरिहरपुरगढी गाउँपालिकाका आदिवासी जनजातिलाई प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कसरी भोट हाल्ने भन्‍ने अन्यौलता छ। एकै पटक प्रदेश र प्रतिनिधि सभाको उमेदवारहरुलाई कतिपल्ट मत खसाल्ने र कतिवटा मत पेटीका हुन्छ भन्ने कुरा पनि उनीहरुलाई ज्ञान छैन् । हरिहरपुरगढी गाउँपालिका ३ श्रीपुरका कन्दावती माझीले यहाँका सयौं मतदाता हरेक पटक भोट हाल्ने ज्ञान बिना नै भोट हाल्न बाध्य भएको दुखेसो गरिन् । उनले भनिन्, गाउँमा कहिल्‍यै मतदाता शिक्षा भन्‍ने जानकारी पाएका छैनौं। उनले जिल्लाको पश्चिमी क्षेत्र विकट भएका कारण यहाँका स्थानीय नेताहरु मत माग्न र मतदान बारे जानकारी दिन नआएको बताइन् । हामीहरु सामान्य जानकारीका भरमा मत हाल्छौं धेरै मत खेर जान्छ, उनले भनिन्।

मतदाता शिक्षाबारे रेडियोहरुले घरघरमा मतदाता शिक्षा कार्यक्रम लिएर कर्मचारीहरु आउने भन्ने सुनेको भएपनि हाल सम्म कुनै पनि मानिसहरु श्रीपुर नआएको उनिहरुको भनाई छ। गाउँमा विकास गर्ने, मरिण खोलामा पुल हालिदिने, सडक निर्माण गर्ने, खानेपानीको योजना पुर्‍याइदिने नेताहरुलाई आफूहरु भोट दिन तयार भएपनि मतदाता शिक्षा बिना नै दिएको मत ब्रिग्रिएर खेर जाने हो की भन्ने श्रीपुरकै डम्बर झाँक्रीको गुनासो छ। पश्चिम पटी बागमति नदी र पूर्व दक्षिण भइ बग्ने मरिण नदीबाट वर्षेनि सास्ती खेप्दै आएका श्रीपुरका झण्डै एक हजार आदीवासी जनजातीहरु मतदाता शिक्षाबारे राम्रो ज्ञान पाउन सके आफ्नो क्षेत्रको विकास गर्न सक्ने योग्य उमेदवारलाई छनौट गर्ने सोचमा छन्।
अन्नपूर्णबाट

Logo