डोटी,१,मंशिर
डोटीमा ७ सय १५ जना एचआईभी संक्रमितहरुले बाँच्नका लागि नियमित रुपमा एआरटी नामक औषधी सेवन गर्न थालेका छन् । नियमित औषधी सेवन गर्नेहरु फुर्तिलो भई सहज जिवनयापन गर्दै आएको पनि पाइएको छ । औषधी सेवन गरे अझै केही समय बाँच्न सकिन्छ भन्ने जानकारी पाएपछि उनिहरु लगातार रुपमा एआरटी नामक औषधी खान थालेको बताईएको छ । आर्थिक बर्ष २०७३/७४ सम्ममा एचआईभी/एड्सका कारण डोटीमा १११ जना ज्यानको गईसकेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिष विष्टले बताए । आर्थिक वर्ष २०७१/७२ मा एचआईभी/एड्सका कारण मृत्यु हुनेको संख्या ८७ थियो भने आर्थिक बर्ष २०७२/७३ मा ९४ जना पुगेको थियो । जिल्लामा जम्मा ९ सय ३१ जना एचआइभी संक्रमितको संख्या रहेकोमा त्यस मध्ये ७ सय १५ जनाले एआरटी सेवन गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयका एमडिजिपि डाक्टर गिरिस अवस्थीले जानकारी दिए ।
आर्थिक बर्ष २०७१/०७२ मा एआरटी सेवन गर्नेको संख्या ४ सय ३१ थियो भने आर्थिक वर्ष २०७२/०७३ मा आएर ५ सय १२ जना पुगेको थियो । डोटीमा खासगरी कामको शिलशिलामा भारत जाने पुरुषहरुले त्यहाँ असुरक्षित यौन सम्पर्क गर्दा उनिहरुबाटै एचआईभिको संक्रमण बढ्ने गरेको एचआईभी/एड्सको क्षेत्रमा काम गर्ने संस्थाहरुको तत्थ्यांकमा उल्लेख छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया