खोटाङ,१,मंशिर
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको गतिविधिबाट जिल्लावासी त्रसित बनेका छन् । नेकपाका कार्यकर्ताले प्रतिनिधि तथा प्रदेशसभा सदस्यका उम्मेदवार तथा जनप्रतिनिधिको घरजग्गा कब्जा गर्न थालेपछि जिल्लावासी त्रसित बनेका हुन् । वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार विशाल भट्टराई, कांग्रेसबाट प्रदेससभा खोटाङ क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार सुवाशकुमार पोखरेल, हलेसी चुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई, लामीडाँडा गाउँपालिका प्रमुख लीलानाथ निरौला लगायत सात जनाको घरजग्गा कब्जा गरिएको नेकपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रातको समयमा गाँउ पस्ने नेकपाका कार्यकर्ताले घरको आँगनमा पार्टीको झण्डा गाड्नुका साथै घरजग्गा कब्जा भएको विज्ञप्ति घरको भित्तामा टाँस्ने गरेका छन् । उम्मेदवार तथा जनप्रतिनिधिको घरजग्गा कब्जा भएको घोषणा गर्दै हिँडेका नेकपाका कार्यकर्ताले फोन मार्फत पटकपटक ज्यान मार्ने धम्की समेत दिने गरेको स्रोतले जनाएको छ । दिउसो नभेटिने नेकपाका कार्यकर्ताले फोन मार्फत चन्दा माग्नुका साथै आसन्न निर्वाचनका लागि उम्मेदवारी दिएका नेताहरुलाई आफूले दिएको उम्मेदवारी फिर्ता लिन पटकपटक दबाब दिने गरेको पाइएको छ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया