बनेपा, ३०, कात्तिक
केन्द्रविन्दु समाचारदाता
आज बिहानै एक पैदल यात्रीलाई सवारी साधनले ठक्कर दिई फरार भएको छ । काभ्रेको बनेपा स्थित बुडोलमा अन्दाजी ७० बर्षिय बृद्धलाई ठक्कर दिई सवारी साधन फरार भएको ईलाका प्रहरी कार्यालय बनेपाका निरीक्षक अनिल जंग शाहाले जानकारी दिए । उक्त सवारी साधनले ठक्कर दिई पैदल यात्रीको मृत्यु भएको छ । “हामी सवारीको खोजीमा छौँ , यसबारे थप अनुसन्धाान भइरहेको छ । मृतकको कुनै ठेगाना खुल्न सकेको छैन ।” शाहले जानकारी दिए ।





























प्रतिक्रिया