कन्चनपुर, २९, कात्तिक

कन्चनपुरको भीमदत्त नगरपालिका स्थित नेपाल–भारत सीमामा ह्युमपाइप राख्ने विषयमा विवाद हुँदा झडप भएको छ । "/>

रोकिएन नेपाली भूमिमा एसएसबीको दादागिरी

रोकिएन नेपाली भूमिमा एसएसबीको दादागिरी

केन्द्रबिन्दु
0
Shares

कन्चनपुर, २९, कात्तिक

कन्चनपुरको भीमदत्त नगरपालिका स्थित नेपाल–भारत सीमामा ह्युमपाइप राख्ने विषयमा विवाद हुँदा झडप भएको छ । कन्चनपुरको उत्तरी क्षेत्र जोड्ने गड्डाचौकी–ब्रह्मदेव सडकको नेपाल–भारत सीमाको पिलर नम्बर ८०९ (५ ए) नजिक निर्माण भइरहेको कालोपत्रे सडकमा ह्युमपाइप राख्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गर्दा विवाद भएको हो । नेपाली भूमिमै भइरहेको सडक निर्माणमा भारतीय पक्षले आफ्नो क्षेत्र पर्ने भन्दै भारतीय नागरिक र हतियार सहित आएका एसएसबीले पानीको निकासका लागि हालेको ह्युमपाइप निकाल्नु पर्ने दबाब दिँदा विवाद भएको जनाइएको छ ।

एसएसबीको अवरोधपछि निर्माणको काम रोकिएको र सो बारेमा भारतीय पक्षसँग छलफल गरेर काम सुचारु गरिने कन्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । गत वर्ष फागुनमा कल्भर्टकै विषयमा भएको विवादमा एसएसबीले नै चलाएको गोली लागेर कन्चनपुरको पुनर्वास नगरपालिकामा एकजना नेपालीको मृत्यु भएको थियो ।
नेपाल समाचारपत्रबाट

Logo