काठमाडौं,२८,कात्तिक
आउँदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन केही दिन बाँकी हुँदा निर्वाचन विरोधी समूहले उम्मेदवार माथि धावा बोल्न थालेपछि सरकारले उम्मेदवारको सुरक्षाका लागि नयाँ रणनीति बनाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ। नेपाल कम्युनिस्ट पार्टीका रूपमा आफूलाई चिनाउँदै आएको विप्लव माओवादीले मध्यपहाडी जिल्लामा आफ्नो गतिविधिलाई तीव्र बनाउँदै उम्मेदवार माथि आक्रमण गर्न थालेको छ।
१० वर्षे माओवादी युद्धमा सँगै रहेका नेत्रविक्रम चन्द (विप्लव)ले विशेष गरी नेकपा माओवादी केन्द्रका नेता तथा उम्मेदवार माथि धावा बोल्न थालेका छन् । सरकारले मध्यपश्चिमका पहाडी जिल्लामा विप्लव माओवादीले उम्मेदवार माथि आक्रमण गर्न थालेपछि ती जिल्लामा थप फौज पठाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रधान कार्यालयलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले विप्लव माओवादीको प्रभाव रहेका क्षेत्रमा थप सुरक्षा फौजलाई परिचालन गरेको छ भने उनीहरूको गतिविधिलाई नजिकबाट नियालेको मन्त्रालयले जानकारी दिएको छ। तराईका १८ जिल्ला मध्ये २ नम्बर प्रदेशमा पर्ने जिल्लामा तराईका भूमिगत समूहले हिंसात्मक गतिविधि गर्न सक्ने भएकाले त्यस तर्फ पनि सतर्क रहन जिल्ला स्थित सुरक्षा निकायलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया