बारा , २७, कात्तिक
सुन ठगी गरेको आरोपमा प्रहरीले बारामा एक जना अभियुक्तलाई १ किलोग्राम सुन सहित पक्राउ गरेको छ । प्रहरीले १ किलो १ सय ७४ ग्राम सुन सहित बारा जिल्ला सिम्रौनगढ नगरपालिकाका अजयकुमार सर्राफलाई पक्राउ गरेको हो । "/>

ठगि गर्ने व्यक्ति सुन सहित पक्राउ

ठगि गर्ने व्यक्ति सुन सहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

बारा , २७, कात्तिक
सुन ठगी गरेको आरोपमा प्रहरीले बारामा एक जना अभियुक्तलाई १ किलोग्राम सुन सहित पक्राउ गरेको छ । प्रहरीले १ किलो १ सय ७४ ग्राम सुन सहित बारा जिल्ला सिम्रौनगढ नगरपालिकाका अजयकुमार सर्राफलाई पक्राउ गरेको हो । कलैया उपमहानगरपालिका–४ स्थित शिवम ज्वेलर्सका सञ्चालक शिवकुमार सर्राफले आफ्नो पसलका लागि काठमाडौंबाट सो सुन खरिद गरी आफ्नो कामदारको जिम्मामा पठाएको बताएका छन् ।

झन्डै ६४ लाख रुपैयाँ बराबर मूल्यको सो सुन प्रहरीले नाम गोप्य राखेको शिवमका कामदारले बोकेर फरार भएका हुन् । जिल्ला प्रहरी कार्यालय बारामा उजुरी परेपछि प्रहरीले गोप्य सुराकीका आधारमा पक्राउ परेका अभियुक्त सर्राफको घरबाट खानतलासी गरी बरामद गरको हो । शिवम ज्वेलर्सका कामदार हाल फरार रहेको र निजको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
राजधानीबाट

Logo