कपिलवस्तु, २६ कात्तिक
एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । प्यूठानबाट भैरहवा जाँदै गरेको रा १ च ६५५ नंको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको लु ३० प ५२५३ नंको मोटरसाइकल शुद्धोधन गाउँपालिका–६ तितिरियामा शनिबार साँझ उछिन्ने क्रममा एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक रुपन्देही जिल्ला कोटिवामायी गाउँपालिका–५ बस्ने २३ वर्षीय रोहित यादवको मृत्यु भएको हो । एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका यादवको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको इप्रका पकडीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए। एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
रासस





























प्रतिक्रिया