भीमदत्तनगर, २६, कात्तिक

बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । "/>

विहानै बस दुर्घटना, २७ जना घाइते

विहानै बस दुर्घटना, २७ जना घाइते

केन्द्रबिन्दु
0
Shares

भीमदत्तनगर, २६, कात्तिक

बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।  अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना ७ ख २७२३ नंको बस सडकबाट करिब ६० मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फल्टुडेका ट्राफिक प्रहरी हवलदार वीरसिंह धामीले जानकारी दिए । घाइते मध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ । “पाँचजनालाई उपचारका लागि एउटा बसमा अत्तरिया स्थित पद्मा अस्पतालतर्फ पठाएका छौँ ।” उनले भने, “गम्भीर घाइतेलाई अस्पतालसम्म लैजान एम्बुलेन्स घटनास्थल आइ पुग्दैछन् ।” दुर्घटनापछि सशस्त्र र प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्दारमा खटिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
रासस

Skip This
Skip This
Logo