काठमाडौं,२६,कात्तिक

वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीच १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ । "/>

बाम गठबन्धन मंशिर ९ मा पार्टी एकिकरणको तयारीमा !

बाम गठबन्धन मंशिर ९ मा पार्टी एकिकरणको तयारीमा !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२६,कात्तिक

वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीच १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ । निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टी बीच भावनात्मक रूपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्ष सहित शीर्ष नेताहरू बीच ९ मंसिरमा पार्टी एकीकरण घोषणाको अन्तिम तयारी भइरहेको हो । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा बाहेक अन्य स्थानमा पहिलो चरण निर्वाचनको मौन अवधिमा पनि सभासमारोह गर्न, दलहरूबीच एकता या गठबन्धन गर्न आचारसंहिताले नरोक्ने जवाफ दिएपछि दुई पार्टी पहिलो चरण अगावै एकता घोषणाको तयारीमा जुटेका हुन् ।

निर्वाचन प्रचार अभियान बीच दुवै पार्टीका शीर्ष नेताहरू फोन, गोप्य भेटघाट मार्फत एकता घोषणालाई अन्तिम रूप दिन छलफल गरिरहेका छन् । पार्टी एकता तयारीका लागि बनाइएको उच्चस्तरीय एकता संयोजन समिति र कार्यदल मार्फत दुई पार्टी बीच रहेका सैद्धान्तिक र नीतिगत मतभेदसहित नेतृत्व र नेता व्यवस्थापनका विषयमा अन्तिम चरणको कुराकानी भइरहेको एमालेका एक शीर्ष नेताले बताए । पहिलो चरणको निर्वाचन मिति सम्मुखमा पार्टी एकीकरणको घोषणा गर्न दुवै पार्टीका शीर्ष नेता लागि परेका छन् । स्रोतका अनुसार उनीहरूले पहिलो चरणको निर्वाचनबाटै वाम गठबन्धनको उम्मेदवारको पक्षमा अत्यधिक मत खसोस्, कार्यकर्ता तहमा विश्वास पैदा होस् भन्ने उद्देश्यका साथ पार्टी एकीकरणको घोषणा गर्न लागेका हुन् । ‘समयमै पार्टी एकीकरणको घोषणा भए गठबन्धनको पक्षमा दुई तिहाइ पुग्न सक्ने आँकलन गर्दै दुवैतर्फका नेता कार्यकर्ता एक ढिक्का भएर निर्वाचनमा लाग्न प्रेरित होऊन् भन्ने उद्देश्य राखिएको छ,’ एमाले उच्च स्रोतले भन्यो, ‘पहिलो चरणको मतदान हुन नपाउँदै पार्टी एकीकरणको घोषणा भए त्यसले दोस्रो चरणको निर्वाचनमा समेत प्रभाव पार्नेछ ।’
राजधानीबाट

Logo