काठमाडौंँ, कात्तिक २५
आसन्न प्रतिनिधिसभा निर्वाचनमा चार जना पूर्वसभामुख चुनावी मैदानमा छन् । नेपालको इतिहासमा ६ जना पूर्वसभामुख रहेकोमा नेपालको पहिलो सभामुख कृष्णप्रसाद भट्टराईको निधन भइसकेको छ । "/>

४ जना पूर्वसभामुख चुनावी प्रतिस्पर्धामा

४ जना पूर्वसभामुख चुनावी प्रतिस्पर्धामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौंँ, कात्तिक २५
आसन्न प्रतिनिधिसभा निर्वाचनमा चार जना पूर्वसभामुख चुनावी मैदानमा छन् । नेपालको इतिहासमा ६ जना पूर्वसभामुख रहेकोमा नेपालको पहिलो सभामुख कृष्णप्रसाद भट्टराईको निधन भइसकेको छ । उनी वि.सं. २०१५ सालको निर्वाचनपछिको संसदमा सभामुख थिए । जीवित रहेका ५ जना पूर्व सभामुख मध्ये तारानाथ रानाभाट बाहेक चार जनाले फेरि संसदमा जाने चाहना सहित उम्मेदवार बनेका छन् । ती मध्ये तीन जना प्रत्यक्ष र एक जना समानुपातिक उम्मेदवार छन् । वि.सं. २०४६ मा प्रजातन्त्र पुनःस्थापना भए पछि २०४८ सालको प्रतिनिधिसभाका सभामुख दमननाथ ढुङ्गानाले २३ वर्षपछि फेरि संसदमा पुग्न प्रतिस्पर्धा गर्दै छन् । ढुङ्गाना भक्तपुरको क्षेत्र नम्बर–२ बाट नेपाली काँग्रेसका उम्मेदवार हुन् । उनी वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) का उम्मेदवार पूर्वमन्त्री महेश बस्नेतसँग प्रतिश्पर्धा गर्दैछन् । ढुङ्गाना पछिका सभामुख रामचन्द्र पौडेल तनहुँ–१ बाट नेपाली काँग्रेसको उम्मेदवार बनेका छन् । उनले २०४८ देखिका सबै संसदीय तथा संविधान सभाका दुवै निर्वाचनमा जित हासिल गर्दै आएका छन्

पौडेल पछिका सभामुख तारानाथ रानाभाट भने प्रतिस्पर्धामा आएका छैनन् । रानाभाटपछि दुई कार्यकाल सभामुख भएका सुवास नेम्वाङ इलाम–२ बाट वाम गठबन्धनको तर्फबाट नेकपा (एमाले) का उम्मेदवार बनेका छन् । त्यस्तै निवर्तमान सभामुख ओनसरी घर्तीमगर पनि प्रतिनिधिसभामा पुनः आउन उम्मेदवार बनेकी छिन् । अन्य पूर्व सभामुख भन्दा भिन्न उनी समानुपातिक सूचीबाट उम्मेदवार बनेकी हुन् । नेकपा माओवादी (केन्द्र) ले उनलाई समानुपातिक सूचीमा राखेको छ ।
गोरखापत्रबाट

Logo