मस्को, २३ कात्तिक । रुसको राजधानीमा एक अचम्मलाग्दो घटना सार्वजनिक भएको छ । त्यहाँ प्रहरीले यौनदासीको रुपमा राखेका एक महिलालाई कैदमुक्त गरेका छन् । अझ अचम्मलाग्दो त के भने, ति महिलालाई यौनदासी मात्र बनाएका थिएनन्, महिलाको कोखबाट चार सन्तान समेत जन्माएका थिए । जब महिलालाई बाहिर ल्याइयो, उनको शरीरमा कुटपिट गरेको, यातना दिइएको निसानी थियो ।
कसरी बनाइयो यौनदासी ?
महिलाका अनुसार ६ बर्षअघि मुस्लिम डेटिङ साइटको माध्यामबाट उनको भेट रिनाट बिलयोभसँग भयो । त्यही क्रममा रिनाटले डेटिङको बहानामा उनलाई घरमा बोलाए । त्यसपछि रिनाटले ति महिलालाई मस्कोको पुश्किनो इलाकास्थित एक घरमा लिएर गए । रिनाटले महिलालाई त्यही घरमा बन्धक बनाए । घरको चारैतिर अग्ला अग्ला पर्खाल थियो, जहाँ घामको किरणसमेत मुश्किलले मात्र छिर्न सक्थ्यो ।
रिनाटले महिलालाई कुटपिट गर्थे । अनेक किसिमको याताना दिन्थे । त्यसपछि लगातार बलात्कार गर्थे । त्यसैबाट चार बच्चा जन्मिए ।
महिलाको अनुसार रिनाट जब बाहिर जान्थ्यो, त्यसबेला उनलाई कोठामा कैद गरिन्थ्यो । बाहिरबाट ताला लगाइन्थ्यो ।
यसै क्रममा रिनाटलाई चिनेजानेका व्यक्तिले उनीमाथि निगरानी राख्न थाले । उसले केहि गडबडी गरेको संकेत पाइन्थ्यो । अन्तत: प्रहरीलाई यसबारे सूचना दिइयो । प्रहरीले खोजतलास गरेर महिलालाई बाहिर ल्याए ।





























प्रतिक्रिया