जुम्ला,२३, कात्तिक

स्वास्थ्य संस्थामा औषधि अभावका कारण विरामीलाई पुर्ण डोजको औषधि दिन नसकिएको पातारासी गाउँपालिका स्थित छुमचौर स्वास्थ्य चौकीका प्रमुख प्रकाश सापकोटाले बताए । "/>

१० चक्की खानु पर्नेमा २ चक्की औषधि खान्छन् बिरामी !

१० चक्की खानु पर्नेमा २ चक्की औषधि खान्छन् बिरामी !

केन्द्रबिन्दु
0
Shares

जुम्ला,२३, कात्तिक

स्वास्थ्य संस्थामा औषधि अभावका कारण विरामीलाई पुर्ण डोजको औषधि दिन नसकिएको पातारासी गाउँपालिका स्थित छुमचौर स्वास्थ्य चौकीका प्रमुख प्रकाश सापकोटाले बताए । उनले भने ‘अहिले औषधि अभावका कारण १० ट्याप्लेट दिनुपर्ने विरामीलाई २ वटा चक्की मात्र दिएका छौँ ।’ गाउँपालिकामा औषधि खरिदको बजेट आएको छ भन्ने सुनिए पनि चालु आर्थिक वर्षको पहिलो चौमासिक वित्न लागि सक्दा पनि औषधि खरिद नभएकाले अभाव भएको उनले बताए ।

अहिले रुघाखोकी, झाडापखालाका बिरामीहरु प्रायजसो स्वास्थ्य संस्था आउने गरेपनि औषधि अभावका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिफर गर्नुपर्ने बाध्यता भएको प्रमुख सापकोटाको भनाइ छ । आइरन चक्की नभएका कारण गर्भवती महिलालाई वितरण गर्न सकिएको छैन । उनले भने ‘औषधि खरिदका लागि गाउँपालिकाले ४ वटा स्वास्थ्य संस्थाका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ, त्यसले त १÷२ महिना पनि नपुग्ने अवस्था देखिन्छ ।’ पातारासी गाउँपालिका स्थानीयले स्वास्थ्य संस्थामा औषधि नपाइने गुनासो गरेका छन् । स्थानीय विष्णु बुढाका अनुसार स्वास्थ्य चौकीमा आवश्यक परेको औषधि पाइँदैन । स्वास्थ्यकर्मीले औषधि लेखिदिए पछि मेडिकलमा किनेर खाने गरेका छौं ।
नयाँपत्रिकाबाट

Logo