काठमाडौँ, २२, कात्तिक
चिकित्सा क्षेत्र सुधार अभियन्ता डा. गोविन्द केसीले १५ दिन अघि राष्ट्रपति कार्यालयमा पुगेको चिकित्सा शिक्षा विधेयक सम्बन्धी अध्यादेशको अवस्थाबारे जानकारी मागेका छन् । "/>

डा. गोविन्द केसीले राष्ट्रपति कार्यालयसँग सूचना मागे

डा. गोविन्द केसीले राष्ट्रपति कार्यालयसँग सूचना मागे

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २२, कात्तिक
चिकित्सा क्षेत्र सुधार अभियन्ता डा. गोविन्द केसीले १५ दिन अघि राष्ट्रपति कार्यालयमा पुगेको चिकित्सा शिक्षा विधेयक सम्बन्धी अध्यादेशको अवस्थाबारे जानकारी मागेका छन् ।केसीले आफ्ना सहयोगी सहित मंगलबार राष्ट्रपति कार्यालय पुगेर सूचना प्राप्तिका लागि निवेदन दर्ता गराएका हुन् । केसीको १३ औं अनशनका माग पूरा गर्ने क्रममा सरकारले कात्तिक १ मा गरेको सम्झौता अनुसार चिकित्सा शिक्षा अध्यादेश जारी गरे पनि राष्ट्रपति कार्यालयले प्रमाणीकरण नगरी रोकेर राखेको छ।

केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई आमनागरिकको पहुँचमा पुर्‍याउन आउन लागेको अध्यादेशलाई राष्ट्रपतिले जारी नगर्ने आसय सहित राष्ट्रपति कार्यालय सम्बद्ध अधिकारीका अभिव्यक्ति आइरहेको भन्दै त्यसको जानकारी मागेका हुन् ।  अध्यादेश प्रमाणीकरण नभए सत्याग्रहबाट प्राप्त हुन लागेका जनमुखी प्रबन्धहरूलाई निस्तेज पार्ने र मेडिकल माफियाको पक्षपोषण गर्ने मात्रै नभई स्वयं राष्ट्रपति संस्थाको मर्यादामा समेत आघात पर्ने निवेदनमा उल्लेख छ। संसद विघटन नहुँदै सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित गरेर केसीका माग सम्बोधन गर्ने प्रयत्न गरे पनि एमाले र माओवादीका कारण सम्भव नभएपछि अध्यादेश मार्फत विधेयक ल्याउनु परेको हो ।
नागरिकबाट

Skip This
Skip This
Logo