गोरखा ,२२, कात्तिक
गोरखामा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार सुशिला सिम्खडा चढेको मोटरसाईकलबाट प्रहरीले पेस्तोल सहित तीन राउण्ड गोली बरामद गरेको छ। निर्वाचन लक्षित सुरक्षा चेकजाँचका क्रममा भिमसेन गाउँपालिका ३ धावाबाट प्रहरीले बा ७३ प ३३८३ नम्बरको मोटरसाईकलबाट उक्त हतियार फेला पारेको हो । मोटरसाईकल चालक भिमसेन गाउँपालिका ४ का गुणप्रसाद खनालको साथबाट नौ एमएम पेस्तोल सहित गोली बरामद गरिएको हो । उक्त मोटरसाईकल चालक भने चेकजाँच भएको देखेर पेस्तोल भएको झोला फालेर फारर भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले बताए।
माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार सिम्खडालाई लिएर हतियार सहित खनाल चुनाव प्रचार अभियानमा गएका थिए। निर्वाचन बिथोल्न जनतालाई त्रसित बनाउन हतियार बोकेर हिडेको हुनसक्ने आशंका प्रहरीको छ । हतियार भेटिएपछि प्रहरीले चेकजाँच बढाएको छ भने फरार खनालको खोजी भईरहेको छ । उम्मेदवार सिम्खडालाई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
नागरिकबाट





























प्रतिक्रिया