बंगलादेशबाट आउने भनिएको मल नआउनेदेखि ट्राफिक व्यवस्थापन कार्ययोजना तयारसम्म (भिडियो)

बंगलादेशबाट आउने भनिएको मल नआउनेदेखि ट्राफिक व्यवस्थापन कार्ययोजना तयारसम्म (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु अनलाइन मिडियाबाट हरेक दिन प्रसारण हुने केन्द्रबिन्दु बुलेटिनमा हामीले दिनभरका महत्वपूर्ण पाँच समाचारलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आएका छौँ । समाचारको कुरोभित्रको चुरो पत्ता लगाउने हाम्रो प्रयास हो ।

यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानल र केन्द्रबिन्दु अनलाइनबाट हरेक दिन प्रसारण हुने गर्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु पस्कने हाम्रो प्रयास हो ।

हाम्रो यस बुलेटिनमा केही सल्लाह, सुझाव र प्रतिक्रिया भएमा लेखि पठाउन नभूल्नुहोला । आफ्नो प्रतिक्रिया पठाउनका लागि केन्द्रबिन्दु अनलाइन मिडियाका जुनसुकै माध्यम प्रयोग गर्न सक्नु हुनेछ ।

आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरु मध्ये बंगलादेशबाट मल ल्याउन मौखिम सहमति भएको दुई महिना बितिसकेको छ । तर अझैपनि सम्झौता पत्रमा हस्ताक्षर हुन नसक्दा तत्काल मल नआउने भएको छ । त्यस्तै कृषि कम्पनीले बोलपत्र प्रक्रियामार्फत मल ढुवानी गर्न संयुक्त अरब इमिरेट्सको जेन्ट्रेड एफजेडएफ कम्पनीलाई जिम्मा दिएको छ ।

काठमाडौं उपत्यकाको ट्राफिक जाम कम गर्न र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन सम्बन्धि एकीकृत कार्ययोजना २०७७ तयार भएको छ । ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल संयोजक रहेको समितिले एकीकृत कार्ययोजना तयार गरी आज गृहमन्त्री रामबहादुर थापालाई बुझाएको हो ।

विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान भएको छ । रिपब्लीकनका वाइडेनले निकै सरल रूपमा चुनावी अभियान चलाउँदै ट्रम्पको कार्यकालमा भएका गल्ती र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा भएका कमजोरीलाई आफ्नो प्रमुख मुद्दा बनाएका छन् भने डेमोक्रेटिकका ट्रम्प आफूमाथि लागेको आरोपहरुको प्रतिवाद गर्दै आक्रामक रूपमा प्रस्तुत भएका छन् ।

कोरोनाले आक्रान्त नेपाली खेलकुद अझै सहज रुपमा फर्किन सकेको छैन । अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउनु पर्ने प्रतियोगिता नजिकिँदै गर्दा खेलाडी चिन्तित देखिएका छन् । टोकियो ओलम्पिक लक्ष्य राखेका कराते खेलाडीले मंगलबार सातदोबाटोस्थित कभर्डहलमा लयमा फर्किन निकै मिहिनेत गरिरहेका छन् ।

प्रहरी अर्थात देशका रक्षक । तर, तिनै रक्षक जघन्य अपराधमा संलग्न हुन्छन भने समाजले कसरी शान्ति सुरक्षाको अनुभुति गर्ने ? सामान्यतः कल्पना बाहिरका यस्ता घटना बेलाबखतमा सार्वजनिक हुने गरेका छन् । डोटीका एक सुरक्षाकर्मी नै त्यस्ता घटनामा मुछिएका छन्, जसले सभ्य समाजका साथै नेपाल प्रहरीको पनि मर्यादामा प्रश्न उब्जाइदिएको छ ।

 

Logo