सल्यान,१६, कात्तिक

सल्यानको बनगाड कुपिन्डे नगरपालिका ८ थाकलामा आन्तरिक पर्यटक वोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। "/>

सल्यानमा जीप दुर्घटना, चालक सहित तीनको मृत्यु

सल्यानमा जीप दुर्घटना, चालक सहित तीनको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सल्यान,१६, कात्तिक

सल्यानको बनगाड कुपिन्डे नगरपालिका ८ थाकलामा आन्तरिक पर्यटक वोकेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। सुर्खेतबाट पर्यटकीय स्थल कुपिन्डे दह भ्रमणका लागि गएको भे १ ज ९२७ नम्वरको टाटा सुमो जीप कुपिन्डे दह हेरेर फर्कने क्रममा बनगाड कुपिन्डे नगरपालिका ८ थाकलामा दुर्घटना भएको हो। दुर्घटनामा परेर जीप चालक भेरी गंगा नगरपालिका ८ सुर्खेतका २६ वर्षिया देवराज कामी, जीपमा सवार विरेन्द्रनगर नगरपालिका ८ का ३४ वर्षिया धनमाया नेपाली र सुर्खेत मेलकुनाकी ६० वर्षिया दलसरी परियारको मृत्यु भएको छ। कामी र नेपालीको घटनास्थलमै र परियारको उपचारको क्रममा मेलकुना अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक नरबहादुर सलामीले जानकारी दिए । उकालो र घुम्तीको बाटो ओभरलोडले गति नियन्त्रण हुन नसक्दा जीप दुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक सलामीले बताए। दुर्घटनामा परि घाइते भएका १६ जनामा ५ जनाको अवस्था गम्भीर रहेको उनले बताए।
अन्नपूर्णपोष्टबाट

Logo