‘अब ट्राफिक व्यवस्थापन प्रविधिमैत्री हुँदैछ’ : भिमप्रसाद ढकाल (ट्राफिक प्रमुख/ भिडियाे)

‘अब ट्राफिक व्यवस्थापन प्रविधिमैत्री हुँदैछ’ : भिमप्रसाद ढकाल (ट्राफिक प्रमुख/ भिडियाे)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अब नेपालको ट्राफिक व्यवस्थापन सम्पूर्णरुपमा प्रविधिमैत्री बन्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताएका छन् ।

उनले विगतका वर्षहरुदेखि ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै लगिएको र अहिले कोरोना महामारीले झन प्रविधिको प्रयोग बढाउँदै जानु परेकाले पनि सम्पूर्ण ट्राफिक व्यवस्थापनलाई नै प्रविधिमैत्री बन्दै गएको बताए । उनले भने,‘अब ट्राफिक सम्बन्धि सम्पूर्ण अफिसियल कामदेखि ट्राफिक नियम पालना भए नभएको तथा नियम पालना नगरेर कारवाहीमा परेकाहरुले समेत प्रविधिको प्रयोगमार्फत सडक तथा घरबाट नै सेवा लिन सक्ने व्यवस्था बन्न लागेको छ । यो एक महिना भित्रमा लागु हुनेछ ।’

यसरी नियम पालना नगरेर ट्राफिकले चिट काटेको जरिवानाको पैसा तिर्न समेत बैंकमा लाइन बस्नु पर्ने वाध्यता हट्ने उनको भनाइ छ । यसका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोवाइलबाटै यस्तो बिलको भुक्तानी गर्न सकिने व्यवस्था गर्न लागेको छ । कारवाहीमा परेका आम सवारी चालकले बैंकमा गएर लाइन बसेर रकम भुक्तानी गर्नुपर्ने झन्झट अन्त्य गर्दै महाशाखाले मोवाइलबाटै रकम भुक्तानी गर्न सकिने कामको सुरुवात गर्न लागेको उनको भनाइ छ ।

यसबाट मादक पदार्थ सेवन (मापसे)मा परेका तथा अन्य कारवाहीमा परेका सवारी चालकले बैंकसम्म पुगेर रकम भुक्तानी गर्नु पर्ने छैन । जनतालाई झण्झटबाट मुक्त गर्न ट्राफिक कार्यालयका सम्पूर्ण कामलाई प्रविधिमैत्री बनाउँदै लगिने महाशाखाका प्रमुख ढकालको भनाइ छ । उनका अनुसार छिट्टै सवारी चालकले तिरेको राजस्व सरकारको राजस्व खातामा जम्मा हुने गरि मोवाइलबाटै पैसा तिर्ने गरी विद्युतीय सेवा सुरु गर्न लागिएको छ ।

Logo