काठमाडौँ, १०, कात्तिक

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधनको क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहको अभिव्यक्ति माथि टिप्पणी गरेका छन् । "/>

ज -जसलाई नेतृत्व लिन मन छ १६ गते समय छ , मनोनयन गरे भै गो नि !

ज -जसलाई नेतृत्व लिन मन छ १६ गते समय छ , मनोनयन गरे भै गो नि !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १०, कात्तिक

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधनको क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहको अभिव्यक्ति माथि टिप्पणी गरेका छन् । एमाले अध्यक्ष ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह प्रति कटाक्ष गर्दै १६ गते उम्मेदवार मनोनयनको समय रहेको बताएका हुन् । तिहारका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले ‘नेतृत्व लिन तयार रहेको’ भनी अभिव्यक्ति दिएका थिए । ‘ज जसलाई नेतृत्व लिन मन छ । १६ गते समय छ । मनोनयन गरे भै गो नि ,’ ओलीले भने ।
भाइटीकाको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले जिम्मेवारी दिए नेतृत्व लिन तयार रहेको अभिव्यक्ति दिएका थिए । ‘एउटा जिम्मेवार नागरिकको हैसियतले मलाई देशको चिन्ता र चासो हुनु स्वभाविकै छ’, पूर्वराजा ज्ञानेन्द्रले भनेका थिए , ‘अब समय आए जस्तो छ, जनताले जिम्मेवारी दिए म नेतृत्व लिन तयार छु। तर सबै जनताको इच्छा हुनुपर्छ।’

अन्नपूर्णपोष्टबाट

Skip This
Skip This
Logo