उदयपुर,७, कार्तिक
नाबालिकाको बलात्कार गरी हत्या गरेको अभियोगमा यहाँका एक युवक पक्राउ परेका छन्। ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका–५ दमौटीका २२ वर्षीय शंकर राई आईतबार दिउँसो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। "/>

३ वर्षिय नाबालिकाको बलात्कारपछि हत्या, अभियोगमा संलग्न युवक पक्राउ

३ वर्षिय नाबालिकाको बलात्कारपछि हत्या, अभियोगमा संलग्न युवक पक्राउ

केन्द्रबिन्दु
0
Shares

उदयपुर,७, कार्तिक
नाबालिकाको बलात्कार गरी हत्या गरेको अभियोगमा यहाँका एक युवक पक्राउ परेका छन्। ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा त्रियुगा नगरपालिका–५ दमौटीका २२ वर्षीय शंकर राई आईतबार दिउँसो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। युवकले बोकेर खेलाउँदै हिडेको केही घण्टापछि सोही ठाउँकी निरुता राई घर नजिकै तोरीबारी स्थित रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। खेलाउँदै लगेर बालिकालाई तोरीबारीमा बलात्कार गर्दा ज्यान गएको हो वा बलात्कारपछि हत्या गरेको भन्ने यकिन भने नभइसकेको अनुसन्धानरत प्रहरीको भनाई छ।

स्थानीय देवकुमार राईका अनुसार खेलाइरहेको बालिका एक्कासि हराएपछि खोजतलास गर्दा मृत फेला परेपछि बच्चा खेलाउने राईको खोजी गर्दा बालिकाकै घरमा उनी सुतिरहेको भेटिएको थियो। मृतक बालिकाको शब आईतबार राति जिल्ला अस्पताल उदयपुरमा बुझाइएको छ।
नागरिकबाट

Skip This
Skip This
Logo