बुटवल,७, कार्तिक
इलाका प्रहरी कार्यालय बुटवलले जुवातास खेल्दै गरेको अवस्थामा प्रहरी सहित केही व्यक्ति पक्राउ गरेका छन् । विभिन्न स्थानमा हानिएको छापाको क्रममा जुवाखालबाट लाखौँ रकम बरामद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार सोमबार पौने २ बजे बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरमा खेलाइएको जुवाखालबाट प्रहरी जवान गोपीकृष्ण नेपाल सहितका ४ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ५१ हजार ७७५ रुपैयाँ बरामद गरिएको र सबैलाई जुवा ऐन २०२० अन्तर्गतको कसुरमा रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान चलिरहेको इप्रकाले जनाएको छ । त्यस्तै, प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका –३ सिमानगरस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूको साथबाट ३ लाख ७४ हजार ३०५ रुपैयाँ तथा ५हजार ८९० रुपैयाँ भारतीय रुपैयाँ र तास समेत बरामद गरी अनुसन्धान भइरहेको इप्रकाले जनाएको छ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया