खोटाङ, ५, कात्तिक

यो तिहारमा स्वास्थ्यका लागि हानिकारक मानिएको कृत्रिम फूलको माला तीस लाख रुपैयाँ भन्दा बढीको बिक्री भएको पाइएको छ । "/>

खोटाङमा ३० लाखको कृत्रिम फूलको माला बिक्री

खोटाङमा ३० लाखको कृत्रिम फूलको माला बिक्री

केन्द्रबिन्दु
0
Shares

खोटाङ, ५, कात्तिक

यो तिहारमा स्वास्थ्यका लागि हानिकारक मानिएको कृत्रिम फूलको माला तीस लाख रुपैयाँ भन्दा बढीको बिक्री भएको पाइएको छ ।जिल्लामा व्यावसायिक फूल खेती नहुँदा काम चलाउनका लागि बाहिरबाट ल्याइएको प्लाष्टिकजन्य फूलको माला बिक्री भइरहेको छ। जिल्लामा सयपत्री, मखमली, गोदावरी लगायत फूल खेती गर्दा राम्रो उत्पादन हुने सम्भावना भए पनि व्यावसायिक रुप दिन नसक्दा कृत्रिम फूलको भर पर्नुपर्ने बाध्यता रहेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । प्लाष्टिकजन्य कृत्रिम फूलले स्वास्थ्यका लागि हानि गर्छ भन्ने सबैलाई थाहा छ । उनले भने, जिल्लामा प्राकृतिक फूलले नपुग्ने भएपछि रोक लगाउन सकिएको छैन।

जिल्लाका मुख्य व्यापारिक केन्द्र दिक्तेल, ऐंसेलुखर्क, बाक्सिला, पञ्चमी खोटाङबजार, सिम्पानी लगायत ठाउँमा कृत्रिम फूलले राम्रो बजार पाएको व्यापारीले बताएका छन्। प्राकृतिक फूल अभावले जिल्लामा घर तथा कोठा सजाउन समेत भारतबाट ल्याइएको प्लाष्टिकको फूलको माला नै प्रयोग गरेको पाइन्छ।
अन्नपूर्णपोष्टबाट

Logo