बर्दिया, २ ,कात्तिक
केन्द्रविन्दु समाचारदाता
बर्दियामा माग भन्दा ४ गुणा बढि म्यादी प्रहरीमा निवेदन दर्ता भएको छ । अगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरीमा दरखास्त आह्वान गरिएकोमा ६ हजार ९ सय ३३ जनाले आवेदन दिएका हुन् । जसमा पुरुष ५ हजार १ सय ६ र महिला १ हजार ८ सय २७ रहेका छन । बर्दियामा म्यादी प्रहरीको कोटा १ हजार ५ सय १४ छुट्याइएको थियो । आवेदन दिएकाहरुबाट छनोट प्रक्रिया कात्तिक ५ गते देखि सुरु हुने जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । छनोट प्रकृया सकिएपछि म्यादी प्रहरीको तालिम सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी युवराज खड्काले बताए । आश्विन २४ गते देखि ३० गते सम्म आवेदन लिइएको थियो । म्यादी प्रहरीमा भर्ना हुन भारतमा काम गर्न गएका युवा समेत स्वदेश फर्किएका छन् । बेरोजगारीका कारण म्यादी प्रहरीमा भर्ती हुन चाहनेको संख्या अत्याधिक रहेको डिएसपी खड्काले बताए ।





























प्रतिक्रिया