स्याङ्जा , १ कार्तिक

जिल्लाको अर्जुनचौपारी गाउँपालिकाका लेखापाल प्रेमनारायण अर्यालले ग्रामीण कच्ची सडकमा भेट्टाएको २ लाख ३० हजार रुपैयाँ हराउने व्यक्तिलाई खोजेर फिर्ता गरेका छन् । "/>

बाटोमा बेवारिसे अवस्थामा भेटिएको २ लाख ३० हजार रकमधनीलाई फिर्ता

बाटोमा बेवारिसे अवस्थामा भेटिएको २ लाख ३० हजार रकमधनीलाई फिर्ता

केन्द्रबिन्दु
0
Shares

स्याङ्जा , १ कार्तिक

जिल्लाको अर्जुनचौपारी गाउँपालिकाका लेखापाल प्रेमनारायण अर्यालले ग्रामीण कच्ची सडकमा भेट्टाएको २ लाख ३० हजार रुपैयाँ हराउने व्यक्तिलाई खोजेर फिर्ता गरेका छन् । हेलु–अर्जुनचौपारी ग्रामीण सडकमा बेवारिसे अवस्थामा फेला परेको रकम अर्यालले नगद धनी केशव भुसाललाई फिर्ता गरेका हुन् । कामको सिलसिलामा आइतबार दिउँसो हेलु जाँदै गरेका अर्जुनचौपारी गाउँपालिकाका लेखापाल समेत रहेका अर्यालले रकमको बिटो अर्जुनचौपारी गाउँपालिका १ माटेथर कच्ची मार्गमा भेट्टाएका थिए । रकम बाँधिएको कागजमा लेखिएको भुसालको नाम र मोबाइल नम्बरबाट रकम हराउने व्यक्ति फेला पार्न र बुझाउन सहज बनेको अर्यालले बताए । नाम र नम्बरका आधारमा भुसाललाई फोन गरी प्रहरीको रोहबरमा भेट्टाएको नगद हराउने व्यक्तिलाई प्रदान गरेको उनले बताए ।
अन्नपूर्णपोष्टबाट

Logo