काठमाडौँ, २७, असोज
राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको बजेट मध्ये चालु आवको तीन महिना सकिन लाग्दा ६.११ प्रतिशत मात्र खर्च भएको छ । "/>

चालु आर्थिकवर्षको तीन महिनामा राष्ट्रिय गौरवका आयोजनाको खर्च ६ प्रतिशत मात्र !

चालु आर्थिकवर्षको तीन महिनामा राष्ट्रिय गौरवका आयोजनाको खर्च ६ प्रतिशत मात्र !


काठमाडौँ, २७, असोज
राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको बजेट मध्ये चालु आवको तीन महिना सकिन लाग्दा ६.११ प्रतिशत मात्र खर्च भएको छ । व्यवस्थापिका–संसद्को विकास समितिले आयोजना गरेको राष्ट्रिय गौरवका आयोजना लगायत मन्त्रालयगत आयोजनाको प्रगतिको अवस्था सम्बन्धी छलफल कार्यक्रममा अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले यस्तो जानकारी दिएका हुन् । “गत आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको ५४ अर्ब २७ करोड मध्ये ३९ अर्ब ९० करोड खर्च भयो, यो आवमा ६३ अर्ब ७० करोड बजेट छ । असोज २५ गते सम्म तीन अर्ब ८८ करोड अर्थात ६.११ प्रतिशत खर्च भएको छ ।” – उनले भने ।
गोरखापत्रबाट

Logo