काठमाडौं , असोज,२५
विगत ७ दिन देखि अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच मंगलबारको वार्ता विना निष्कर्ष टुंगिएको छ । शिक्षा मन्त्रालयमा मंगलबार भएको वार्तामा सरकार पक्षबाट सांसद गगन थापा, जीवन परियार, नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठ र अनशनरत डा. केसी पक्षबाट अरविन्द सिंह लगायत सहभागी थिए । शिक्षामन्त्री गोपालमान श्रेष्ठ समस्या समाधानमा गम्भीर नबन्दा वार्ता उपलब्धि विहीन बन्न पुगेको केसी पक्षको आरोप छ । माथेमा कार्यदलको मर्म र भावना अनुसार संसदबाट चिकित्सा शिक्षा विधेयक पास गराउनुपर्ने मुख्य माग राखेर केसी गत १९ असोज देखि १३ औं अनशनमा छन् ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया