कञ्चनपुर, असोज,२५
कञ्चनपुरका निर्माण व्यवसायीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनका हत्यारालाई कार्वाहीको माग गरेका छन् । "/>

कञ्चनपुरका निर्माण व्यवसायीद्धारा गौचनप्रति श्रद्धान्जलि

कञ्चनपुरका निर्माण व्यवसायीद्धारा गौचनप्रति श्रद्धान्जलि

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर, असोज,२५
कञ्चनपुरका निर्माण व्यवसायीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनका हत्यारालाई कार्वाहीको माग गरेका छन् । मंगलबार निर्माण व्यवसायी महासंघ कञ्चनपुरले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै हत्यारालाई कानूनी कार्वाहीको माग गरेका हुन् । निर्माण व्यवसायी संघ कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष निरन्जन प्रसाद भट्टले निर्माण व्यवसायी गौचनका हत्यारालाई कडा कार्वाहीको माग राख्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको बताए । उनका अनुसार निर्माण व्यवसायी संघले कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी दिलाराज पन्तलाई ज्ञापन पत्र बुझाईएको छ । कञ्चनपुरका निमित्त प्रजिअ पन्तले कञ्चनपुरका निर्माण व्यवसायीले अघि सारेको माग केन्द्रमा जस्ताको तेस्तै पठाउने बताए ।
नयाँपत्रिकाबाट

Logo