काठमाडौं, २४, असोज
सरकारले भूकम्प पीडितहरूका लागि बन्दै गरेको घर धितो राखेर तीन लाख रुपियाँ निब्र्याजी ऋण उपलब्ध गराउने भएको छ । "/>

भूकम्पपीडितलाई सामुहिक जमानीमा ३ लाख निब्र्याजी ऋण उपलब्ध गराउने सरकारी निर्णय

भूकम्पपीडितलाई सामुहिक जमानीमा ३ लाख निब्र्याजी ऋण उपलब्ध गराउने सरकारी निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २४, असोज
सरकारले भूकम्प पीडितहरूका लागि बन्दै गरेको घर धितो राखेर तीन लाख रुपियाँ निब्र्याजी ऋण उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भूकम्प पीडितहरूको घर निर्माणका लागि सामूहिक जमानीमा ऋण उपलब्ध गराउने कार्यविधि २०७४ लाई संशोधन गर्दै पीडितको बन्दै गरेको घर धितो राखेर पनि निब्र्याजी ऋण पाइने व्यवस्था लागू गरेको हो ।

सामूहिक जमानीमा निब्र्याजी ऋण दिने व्यवस्थालाई कारण देखाएर बैङ्कहरूले भूकम्पपीडितलाई कर्जा प्रवाह गर्न आनाकानी गरेपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उक्त कार्यविधिलाई संशोधन गरी बनिरहेको घर धितो राखेर भए पनि निब्र्याजी ऋण दिने नयाँ प्रावधान लागू गर्न सरकारसमक्ष सिफारिस गरेको थियो । सरकारले दिने तीन लाख रुपियाँ अनुदानले घर बनाउन समस्या भएका लाभग्राहीलाई निब्र्याजी ऋणले ठूलो सहयोग पुग्ने दाबी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले गरे । उनले भने, ‘हामीले इजाजत प्राप्त सबै बैङ्कहरूबाट निब्र्याजी कर्जा प्रवाहलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई समेत भनिसकेका छौँ, आशा छ, पछिल्लो व्यवस्थाले निजी आवास पुनःनिर्माणलाई थप गति दिनेछ । ’
गोरखापत्रबाट

Skip This
Skip This
Logo