काभ्रे, २४, असोज
जिल्ला अदालत काभ्रेका नायब सुब्बा राजेन्द्र खत्री सोमबार घुस सहित पक्राउ परेका छन् । खत्रीलाई १ लाख २५ हजार घुस सहित अख्तियारको टोलीले सदरमुकाम धुलिखेलस्थित बसपार्क चोकबाट पक्राउ गरिएको हो । "/>

काभ्रे जिल्ला अदालतका नासु खत्री घुससहित पक्राउ

काभ्रे जिल्ला अदालतका नासु खत्री घुससहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

काभ्रे, २४, असोज
जिल्ला अदालत काभ्रेका नायब सुब्बा राजेन्द्र खत्री सोमबार घुस सहित पक्राउ परेका छन् । खत्रीलाई १ लाख २५ हजार घुस सहित अख्तियारको टोलीले सदरमुकाम धुलिखेलस्थित बसपार्क चोकबाट पक्राउ गरिएको हो ।

भुम्लु गाउँपालिकाको बन्देउ नजिक भदौ १७ मा बा ३ ख ८४०४ नम्बरको टिपर र बोलेरो ठोकिदा भएको घट्नालाई लिएर टिपर चालक सिन्धुपाल्चोकका सुदिप दुलाललाई पक्राउ गरी मुद्धा चलाएको थियो । उक्त घटनालाई मिलाई दिन्छु भन्दै घुस मागेपछि उनीहरुले अख्तियारमा दिएको उजुरीको आधारमा जिल्ला अदालतका नायब सुब्बा खत्रीलाई पैसा सहित अख्तियारको टोलीले पक्राउ गरिएको हो । ‘खत्रीले हामीलाई १ लाख २५ हजार रुपैयाँ दिने कि ८ बर्षसम्म जेलमा बस्ने भन्दै पटक/पटक फोन गरेर रकम मागेपछि अख्तियारमा जानकारी गरायौं’ पीडितका आफन्त निल प्रसाद दुलालले भने ।
नयाँपत्रिकाबाट

Logo