असोज,२३, काठमाडौं
बालाजु औद्योगिक क्षेत्रको प्लाष्टिक कारखानामा आगलागी भएको छ । आगलागीबाट करिव १२ लाख बराबरको क्षति भएको छ । आगलागी हुने वित्तिकै दमकलको सहायताले तत्काल आगो नियन्त्रणमा लिइएको थियो । आगलागीमा ६ टन बराबरको फम जलेको छ । हिजो बेलुकी ५ः१५ देखि लागेको आगो निभाउन दमकल र स्थानियवासीहरुले सहयोग गरेको वालाजु वृत्तका प्रहरी सहायक निरीक्षक दिलबहादुर भुजेलले जानकारी दिए । आगलागी कसरी भयो भन्ने थाहा हुनसकेको छैन ।
नागरिकबाट





























प्रतिक्रिया