काठमाडौँ, २२, असोज
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अब १.५ किलोमिटर मात्र बाँकी छ । मेलम्ची खोला देखि सुन्दरीजल सम्मको २७.५ किमी सुरुङ छिचोल्न डेढ किमी बाँकी रहे पनि तोकिएको समयमा काम सम्पन्न हुनेमा भने मेलम्ची परियोजना शङ्का मुक्त छैन । "/>

मेलम्ची आयोजना अझै अनिश्चित, समय सर्ने संकेत

मेलम्ची आयोजना अझै अनिश्चित, समय सर्ने संकेत


काठमाडौँ, २२, असोज
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अब १.५ किलोमिटर मात्र बाँकी छ । मेलम्ची खोला देखि सुन्दरीजल सम्मको २७.५ किमी सुरुङ छिचोल्न डेढ किमी बाँकी रहे पनि तोकिएको समयमा काम सम्पन्न हुनेमा भने मेलम्ची परियोजना शङ्का मुक्त छैन । निर्माण कम्पनी र मेलम्ची खानेपानी विकास समितिले आगामी डिसेम्बर अर्थात् पुस महिनामा सुरुङ खन्ने काम सम्पन्न गर्ने बताए पनि कामको गति हेर्दा सकिने अवस्था देखिँदैन ।

तोकिएको समय अनुसार सुरुङ खन्ने काम सम्पन्न गर्न अब तीन महिना १० दिन बाँकी छ । हाल दैनिक १४/१५ मिटरका दरले सुरुङ खनिएको छ । यही गतिमा काम गर्दा बाँकी रहेको १६ सय मिटर खन्न अझै एक सय १४ दिन अर्थात् चार महिना लाग्ने देखिन्छ । दसैँ लगायतका चाडपर्वमा काम भएको छैन । मजदुरहरू दसैँ मनाउन गए पछि नौ दिन काम हुन सकेन । तिहार लगायतका चाडपर्वमा पनि काम रोकिने छ । जसले गर्दा तोकिएको समय पुस महिनाभित्रै सुरुङको ‘ब्रेक थ्रु’ गर्न सम्भव देखिएको छैन ।
गोरखापत्रबाट

Logo