इनरुवा, १८ ,असोज
धरान उपमहानगरपालिकामा १४ वर्ष अघि विमानस्थल निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको भएपनि त्यसले मूर्त रुप लिनसकेको छैन । "/>

धरानमा विमानस्थल बनाउने योजना अलपत्र

धरानमा विमानस्थल बनाउने योजना अलपत्र

केन्द्रबिन्दु
0
Shares

इनरुवा, १८ ,असोज
धरान उपमहानगरपालिकामा १४ वर्ष अघि विमानस्थल निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको भएपनि त्यसले मूर्त रुप लिनसकेको छैन ।

सरोकार राख्ने निकायको उदासीनताका कारण विमानस्थल बनाउने योजना कागजमै सीमित भएको हो । चौध वर्ष देखि धरान १७ डाँडाघोपामा ट्विनअटर विमान मात्र उडान र अवतरण गर्न सक्ने १८ विघा क्षेत्रफलमा विमानस्थल निर्माण गर्न अध्ययन भएको थियो । ]विमानस्थल निर्माण गर्न तयार रहेको यति इन कर्पोरेट प्रालिलाई ६ महिनाभित्र विमानस्थल नबने फिर्ता गर्ने सहमतिमा ७ विघा जग्गा स्थानीयवासीले सस्तो मूल्यमा बिक्री गरेका थिए भने १८ विघामध्ये बाँकी जग्गा नगरपालिकाले उपलब्ध गराउने भनेको थियो । अहिले एटिआर ४२ सम्मको विमान उडान र अवतरणका लागि करिब ९२ विघा जग्गा आवश्यक पर्ने अध्ययनले देखाएको छ । प्रतिवेदन अनुसार विमानस्थलका लागि जग्गा उपलब्ध गराउन नसक्ने देखिएपछि जग्गादाताहरुले जग्गा फिर्ता गर्नुपर्ने माग गर्न थालेको जग्गाधनी जीवन भट्टराईले बताए ।

प्रतिवेदनमा उल्लेख भए अनुसारको जग्गा उपलब्ध गराउन ठूलै सुकुम्बासी बस्ती उठाउनु पर्ने हुन्छ । यता स्थानीय तहको निर्वाचनमा विमानस्थल निर्माणलाई प्रमुख एजेण्डा बनाएको दलहरुले प्रदेश र संघको निर्वाचनका कारण अहिले नाम लिइरहेका छैनन् । जग्गा प्राप्तिमा कुनै समस्या नरहेकाले विमानस्थल बन्ने धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । विगत १४ वर्ष देखि जग्गादाताले न त विमानस्थलको सुविधा लिन पाएका छन् न त जग्गा उपभोग गर्न नै पाएका छन् ।
रासस

Logo