असोज,१० ,काठमाडौं
स्वास्थ्य क्षेत्रमा क्रियाशील करिब २७ हजार कर्मचारीले दशैंमा तलब नपाउने अवस्था सृजना भएको छ। स्वास्थ्य सेवा विभागले तलब बाँड्न अख्तियारी दिए पनि स्थानीय निकायले तलब विनियोजन नगरेको कारण उक्त समस्या देखिएको हो। "/>

स्वास्थ्यका क्रियाशील २७ हजार कर्मचारीले दशैंमा तलब नपाउने

स्वास्थ्यका क्रियाशील २७ हजार कर्मचारीले दशैंमा तलब नपाउने

केन्द्रबिन्दु
0
Shares

असोज,१० ,काठमाडौं
स्वास्थ्य क्षेत्रमा क्रियाशील करिब २७ हजार कर्मचारीले दशैंमा तलब नपाउने अवस्था सृजना भएको छ। स्वास्थ्य सेवा विभागले तलब बाँड्न अख्तियारी दिए पनि स्थानीय निकायले तलब विनियोजन नगरेको कारण उक्त समस्या देखिएको हो। सरकारले विभागबाट बजेट पठाउँदै आएको तर यस वर्षदेखि स्थानीय तहलाई नै बजेट उपलब्ध गराएको कारण स्वास्थ्यका अस्थायी, करारमा कार्यरत कर्मचारीले तलब पाउन नसकेका हुन्।

जस कारण जिल्ला स्वास्थ्य कार्यालयका १ हजार १ सय ५०, स्वास्थ्य चौकीका २३ हजार ४ सय र प्राथमिक स्वास्थ्य चौकीका २ हजार २ सय ४० जना कर्मचारीले तलब नपाउने भएका हुन्। देशभर ५० जिल्ला स्वास्थ्य कार्यालय, ३ हजार ९ सय स्वास्थ्य चौकी र २ सय ४ वटा प्राथमिक स्वास्थ्य चौकी रहेको विभागको तथ्याङ्कमा उल्लेख छ।
नेपाल समाचारपत्रबाट

Logo