असोज,१० ,काठमाडौं
आव २०७४/०७५ भदौ महिना सम्मको राजस्व संकलनको लक्ष्य ३६ अर्ब ६७ करोड ९१ लाख ३९ हजार रहेकामा ३५ अर्व २७ करोड ३ लाख ४९ हजार संकलन भई लक्ष्यको तुलनामा ९६ प्रतिशतको प्रगति भएको छ । गत वर्षको असुलीको तुलनामा २२ प्रतिशतले वृद्धि भएको छ । शीर्षकगत रूपमा हेर्दा आयकर तर्फ करिब १४ अर्व २३ करोड , मूल्यअभिवृद्धि कर १२ अर्ब ९० करोड र अन्तःशुल्क तर्फ सात अर्ब ७३ करोड संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ ९२ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ ९७ प्रतिशत र अन्तशुल्क तर्फ १०५ प्रतिशत हो ।
त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः करिब १५ करोड ६६ लाख र २५ करोड ४ लाख संकलन भएको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ७३ प्रतिशत संकलन भएको छ । गतवर्षको तुलनामा आयकर वृद्धिदर १७ प्रतिशत, मूल्यअभिवृद्धि कर वृद्धिदर २३ प्रतिशत, अन्तःशुल्कको वृद्धिदर ३० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २२ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३ प्रतिशत छ । आन्तरिक राजस्व विभागलाई आव २०७४/७५ का लागि करिब तीन खर्ब राजश्व संकलन लक्ष्य तोकिएको छ ।
रासस





























प्रतिक्रिया