असोज,१० ,बाँके
बाँकेका बाढीपीडितका लागि १४ करोड रुपैयाँ निकासा भएको छ । सरकारले प्रति व्यक्ति २ हजार एक सय रुपैयाँ प्रदान गर्ने घोषणा गरे बमोजिम पहिलो चरणमा वितरण गर्न १४ करोड रुपैयाँ निकासा गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले जानकारी दिए । उनले पहिलो चरणको राहत रकम प्रदान गर्न स्थानीय तहमा रकम पुगि सकेकोले मंगलबार देखि वितरण हुने बताए । दसैँ मनाउन सजिलो होस् भन्ने उद्देश्यले छिटो गरि रकम निकासा गरेर वितरणका लागि सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको केसीले बताए । ‘धेरैजसो ठाउँमा मंगलबार देखि राहत रकम वितरण हुने भएको छ, प्रति व्यक्ति २ हजार एक सयका दरले वितरण हुनेछ,’ प्रजिअ केसीले भने ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया