समारा, ९ असोज । रसियाको दक्षिण पश्चिम क्षेत्रमा रहेको समारामा चिकित्सकले स्तन शल्यक्रियामा आएकी एक विरामीको बलात्कार गरेका छन् ।
३१ बर्षिया महिला आफ्नो बच्चालाई स्तनपान गराएपछि आफ्नो स्तनको शल्यक्रिया गराउन स्थानिय प्लाष्टिक सर्जरी केन्द्रमा गएकी थिइन् । सर्जरी गर्ने कोठामा गएपछि उनलाई लठ्याउन एनेस्थेसिया दिइएको थियो । त्यसलगत्तै चिकित्सक युरी चेर्निकोभले उनलाई बलात्कार गरेका थिए । बलात्कार पछि चिकित्सक युरीले पिडित महिलालाई चकलेट दिदैं यो सबै घटनाको दोषि तिमी आफैं हौ किनकी तिमि साह्रै राम्री भयौं भनेका थिए ।
पिडित महिलाको नाम गोप्य राखेर स्थानिय संचार माध्यमले समाचार प्रकाशित गरेपछि घटना सार्वजनिक भएको थियो । पिडित महिला भन्छिन्– मलाई सबै कुरा राम्रो भएको छ ।
तिमिले चाडैनै राम्रो भएको अनुभव गर्ने छौ भनेको लगत्तै बलात्कार गरेको बताईन् । दुई सन्तानका एकल पिताको रुपमा रहेका चिकित्सक युरीले आफुले उनको सौन्दर्य देखेर यौन आवेगलाई नियन्त्रण गर्न नसकेको कारण शारीरिक सम्बन्ध राखेको तर बलात्कार नगरेको बताए । पछि उनलाई महिला माथीको यौन दुब्यवहारको अभियोग लगाईएको छ ।
युरीका छिमेकीका अनुसार युरी निकै ब्यवहारीक रहेको बताए । उनले आफ्ना दुई सन्तानको लालनपालन गर्नुका साथै बृद्ध आमाको पनि हेरविचार गर्ने गरेको बताए । यो अभियोगमा युरीलाई ६ बर्षको जेल सजाय सुनाईएको छ । एजेन्सी





























प्रतिक्रिया