कैलाली,९, असोज
आपूर्ती राज्यमन्त्री कर्णबहादुर विकले दोश्रो दिन आइतबार पनि कैलालीको टीकापुरमा बजार अनुगमन गरेका छन् । "/>

राज्यमन्त्री विकले टीकापुरका व्यापारीलार्इ जरिवाना तिराए

राज्यमन्त्री विकले टीकापुरका व्यापारीलार्इ जरिवाना तिराए

केन्द्रबिन्दु
0
Shares

कैलाली,९, असोज
आपूर्ती राज्यमन्त्री कर्णबहादुर विकले दोश्रो दिन आइतबार पनि कैलालीको टीकापुरमा बजार अनुगमन गरेका छन् । राज्यमन्त्री सहित टोलीले चन्दर मिष्ठान भण्डार, बम ब्रर्दस, धिरेन्द्र ट्रेर्डस, माया सिद्धि इम्पेक्स, पाण्डे सपिङ्ग, मासु पसल, छविलाल सुनचाँदी पसलमा अनुगमन गरेको हो । अनुगमनका क्रममा माया सिद्धि इम्पेक्सलाई आवश्यक कागजात नभएको भन्दै २ हजार रुपैयाँ जरिवाना गरिएको छ ।  बजार अनुगमनपछि प्रेस सेन्टर नेपालले टीकापुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा राज्यमन्त्री विकले व्यवसायको नाममा राज्य र उपभोक्तालाई ठग्नेलाई कानुनी दायरामा ल्याई कारवाही गर्ने बताए । उनले प्रतिनिधि मुलक पसलमा बजार अनुगमन गरि व्यापारी, उपभोक्तालाई सचेत गराउदै ठगी र कालो बजारी न्युनिकरणको प्रयास भैरहेको बताए । बजार अनुगमन गर्दै हिडेका उनलाई स्थानिय व्यापारीहरुले दुव्र्यवहार पनि गरेका थिए ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo