नेपालगन्ज ,८, असोज
दसैंको चहलपहल सुरु भइसकेको छ । नजिकैका गाउँमा सबैका घरमा जमरा टुसाउन थाले । तर राप्ती सोनारी–२ टिकुलीपुर हरलाफाँटाका बाढीपीडित शिविरमा भने दसैंले छुन सकेको छैन । ६० वर्षीया देवी खनाल जीवनमै पहिलो पटक बाढीको कारण घरवारविहीन बन्नुपरेको कारण दसैं मनाउन नसक्ने अवस्थामा रहेको बताउँछिन् । ‘बाढीले घर डुबायो, ज्यान जोगाउन जंगलमा बस्नुपरेका कारण दसैंको जमरा राख्ने अन्न र ठाउँसम्म छैन,’ उनी भन्छिन् ।
पानी परे रातभर टहराको पालमा जम्मा भएको पानी फाल्न जाग्राम नै बस्नु पर्छ । ४९ वर्षीया भिमी वलीले २०७१ सालमा आएको बाढीमा पनि जमरा राख्न नपाएको सम्झँदै भनिन्, ‘तीन वर्षअघि आएको बाढीमा पनि यस्तै भएको थियो । त्यति बेला पनि दसैं यस्तै अस्थायी टहरो मै बितेको थियो अहिले त झन् बाढी पसेर घरभित्र हिलो छ, जान सकिने अवस्था नै छैन ।’ ५४ वर्षीया मिना खत्रीले भने टहरामै जमरा राखेकी छन् । उनले आफन्तसँग अन्न मागेर जमरा राखेको बताइन् ।
राजधानीबाट





























प्रतिक्रिया