लहान , ५ ,असोज
सिरहा जिल्लाको नवराजपुर गाउँपालिकाबाट सिरहामा नेपाली कांग्रेसले जितको खाता खोलेको छ। नेपाली कांग्रेसबाट अध्यक्ष उम्मेदवार विश्वमोहन यादवले निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका शिवउद्गार यादवलाई पराजित गरेका छन्। "/>

सिरहामा कांग्रेसको विजयी शुरुवात

सिरहामा कांग्रेसको विजयी शुरुवात

केन्द्रबिन्दु
0
Shares

लहान , ५ ,असोज
सिरहा जिल्लाको नवराजपुर गाउँपालिकाबाट सिरहामा नेपाली कांग्रेसले जितको खाता खोलेको छ। नेपाली कांग्रेसबाट अध्यक्ष उम्मेदवार विश्वमोहन यादवले निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका शिवउद्गार यादवलाई पराजित गरेका छन्। कांग्रेसका अध्यक्ष उम्मेदवार यादवले फोरमका अध्यक्ष उम्मेदवार यादवलाई ७ सय ९ मतको फराकिलो अन्तरले पराजित गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विश्वमोहनले २८ सय ८३ मत प्राप्त गरेका छन् भने शिवउद्गारले २१ सय १४ मत हासिल गरे। यसैगरी, उपाध्यक्षमा कांग्रेसकी शोभा कुमारी यादवले नेकपा एमालेकी संगीता कुमारी यादवलाई ३ सय ८९ मत अन्तरले पराजित गरेकी छन्। शोभाले २३ सय ७७ मत प्राप्त गरेकी छन् भने संगीताले १९ सय ८८ मत हासिल गरिन्। यहाँ कूल ६९ सय २ खसेको सदर मत थियो।
नागरिकबाट

Logo