काठमाडौं, ५ ,असोज
८८ केजी सुन तस्करीका नाइके चिनियाँ दम्पती चीन भाग्न सफल भएका छन् । केरुङ नाका भएरै उनीहरू भागेको प्रहरी अनुसन्धानमा खुलेको छ । "/>

८८ केजी सुन तस्करीमा संलग्न न्युरोडका पाँच सुन पसले समातिए

८८ केजी सुन तस्करीमा संलग्न न्युरोडका पाँच सुन पसले समातिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ५ ,असोज
८८ केजी सुन तस्करीका नाइके चिनियाँ दम्पती चीन भाग्न सफल भएका छन् । केरुङ नाका भएरै उनीहरू भागेको प्रहरी अनुसन्धानमा खुलेको छ । तस्करीमा संलग्न काठमाडौंका अन्य पाँच व्यवसायीलाई भने प्रहरीले पक्राउ गरेको छ । मुख्य नाइके भागेपछि चिनियाँसँग मिलेर तस्करी गर्ने काठमाडौंका सुनपसलेहरू भने पक्राउ परेका छन् । सुन बरामद भएको दुई सातापछि थप पाँच व्यवसायी पक्राउ परेका हुन् । उनीहरू लामो समय देखि सुन तस्करीमा संलग्न रहेको प्रहरीले जनाएको छ । नरदेवीमा रबिस्या ट्रेडर्स चलाउने सत्यनारायण अग्रवाल दुई वर्ष अघि पनि नौ किलो सुन सहित पक्राउ परेका थिए । ८८ किलो सुन तस्करीमा पनि उनको संलग्नता भेटिएको पाइएको छ । प्रहरीले रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचाँदी पसल चलाउने गणेशदत्त बडू, ओटुमा सुनचाँदीका गहना बनाउने व्यवसायी गर्ने नन्दकुमार मर्गले र दिनकर सालुखे, बांगेमुढामा शाक्य सुनचाँदी पसल चलाउने शुभरत्न शाक्यलाई पक्राउ गरेको हो ।
नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo