केन्द्रबिन्दु संवाददाता । बनेपा, २ असोज ।
एकजना दुई वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक जना अधबैंसे व्यक्ति पक्राउ परेका छन् ।
काभ्रेपलाञ्चोक भूम्लु गाउँपालिका–१० कोलाती बस्ने ५८ वर्षीय वृद्ध तिर्थबहादुर पहरी पक्राउ परेका हुन् ।
२ वर्षीया बालिकालाई शनिबार जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँका पहरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया