सिरहा, ३१, भदौ
सिरहाको लहान नगरपालिका वडा नम्बर २० स्थित ब्रम्हान गोरछारी मतदानस्थलका एकजना मतदान अधिकृत राजनीतिक पार्टीको भोट मागिरहेको पाइएको छ । जनता ब्रम्हान गोरछारी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र (ख) का मतदान अधिकृत विनोद चौधरी मतदानस्थलमै कांग्रेसको मत मागिरहेको अवस्थामा भेटिएका हुन् । शुक्रबार बिहान मतदाता परिचयपत्र लिन मतदानस्थल पुगेका लहान नगरपालिका २० निवासी मनोजकुमार महतोलाई उनले कांग्रेसको चुनाव चिन्ह रुख छापमा भोट दिन दबाब दिएका थिए ।
नयाँपत्रिकाबाट































प्रतिक्रिया