काठमाडौँ, २९, भदौ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आठ फिट आठ इन्च लामो बाघको छाला सहित एक जनालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले बूढानीलकण्ठ नगरपालिका वडा नं ८ गणेश चोकबाट संरक्षित वन्यजन्तु बाघको छाला सहित सुर्खेतका प्रेमबहादुर शाहीलाई पक्राउ गरेको हो । ब्युरोले शाहीलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१०) अनुसार संरक्षित वन्यजन्तु अवैधरुपमा ओसारपसार गर्नेलाई पाँच लाख देखि १० लाख सम्म जरिवाना वा पाँच वर्ष देखि १५ वर्ष सम्म कैद वा दुवै जरिवना गर्ने व्यवस्था गरेको छ । रासस





























प्रतिक्रिया