राष्ट्र सेवक लोकतान्त्रिक पार्टी एमालेमा विलय

राष्ट्र सेवक लोकतान्त्रिक पार्टी एमालेमा विलय

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २६ भद । नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टी आजदेखि नेकपा एमालेमा विलय भएको छ । ७५ जिल्लामा नै संगठन रहेको यो पार्टीका केन्द्रीय तहदेखि स्थानीय तहसम्मका सबै नेता कार्यकर्ता एमालेमा विलय भएका हुन् ।

पार्टी मुख्यालयमा आयोजित विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ,बरिष्ठ नेता झलनाथ खनाल, वामलदेव गौतम, भिम रावल लगायतका लागि टीका लगाएर औपचारिक रुपमा पार्टी प्रवेशको गराएका हुन् ।

पूर्व राष्ट्रसेवक पार्टीमा १३ जना संस्थापक सदस्य, ८ जना संरक्षक, बरिष्ठ नेता, बरिष्ठ सल्लाहकार र प्रवक्ता रहेका थिए । यो पार्टीको ७५ जिल्लामा नै संगठन रहेको र स्थानिय तहको चुनावमा भाग लिएको पार्टी समेत हो ।

पार्टी प्रवेश गर्नेहरुमा पूर्व डिआईजी बसन्तराज कुँवर, पार्टीका अध्यक्ष चुडादेव सिंह लामा, पूर्व डीएसपी, प्रवक्ता विनोद सिंह, पूर्व डिआईजी, सल्लाहकार पूर्व मन्त्रालय सचिव धरणीधर खतिवडा, शसस्त्र प्रहरीका पूर्व एआईजी जीवन थापा, अनुसन्धान विभागका डिआईजी नबराज थापा, नेपाल आर्मीका पुर्व जर्नेल जीवन कार्की, महासेनानी बिनोद अधिकारी , क्याप्टेन विश्व विक्रम कुँबर समेत रहेका छन् ।

Logo